अग्निमोटो इन्कको ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा, मूल्य १ लाख ६७ हजार पर्ने

  २०७४ मंसिर ८ गते १३:१६     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा ल्याएको छ । यस स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ६७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध रहेको छ । स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ ।

यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ । १२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स जुनयस सेग्मेन्टमा धेरै हो । साथै, यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ । यसका साथै डिसप्ले प्यानलमा सरल तथा छिटो पहुचका लागी आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ ।

गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुत गरिएको हुँदा यसको प्रवद्र्धन नै “एस्पाइर टु मोर” भनी गरिएको कम्पनीले जनाएको छ । विशेष गरि यस स्कुटर युवावर्गलाई लक्षित गरि प्रस्तुत गरिएको र सहजै मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.