पैसा धेरै खर्च भो ! जोगाउन अपनाउनुहोस् यस्तो उपाय

  २०७४ मंसिर ८ गते १२:१४     विकासन्युज

यदि तपाईले ध्यानपूर्वक पैसा खर्च गर्नुभयो भने तपाईले पैसा बचाउन सक्नुहुन्छ । खर्च तपाईका आर्थिक योजनाको एउटा महत्वपूर्ण हिस्सा हो । तर कहिले र कहाँ खर्च गर्ने, कति खर्च गर्ने र कसरी खर्च गर्ने यो सब कुरामा ध्यान दिएर बुद्धिमानी ढंगले पैसा खर्च गर्नुपर्छ । त्यसैले, बुद्धिमानीका साथ खर्च गर्नका लागि योजना बनाएर तपाईले धेरै पैसा जोगाउन सक्नुहुन्छ र अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।

यसका लागि तपाईले केही वित्तीय अनुशासन पालना गर्नपर्छ । बुद्धिमानीका साथ पैसा खर्च गर्दा अवकाशको जिवनपछि ठुलो कोष जम्मा गर्नसकिन्छ ।

खर्च गर्नुभन्दा अगाडी योजना बनाउनुहोस्

तपाईको व्यक्तिगत वित्तिय कारोबारका प्रत्येक चरणमा योजना बनाउनु जरुरी छ । सुरुमा आफ्नो सबै खर्चहरुको एउटा सूची बनाउनुपर्छ । वस्तुहरुको महत्वका अनुसार प्राथमिकताका वस्तु, अर्थात सबैभन्दा बढी महत्वपूर्ण वस्तुको नाम उक्त सूचीमा माथी र कम महत्वपूर्ण वस्तुको नाम सबैभन्दा तल लेख्नुपर्छ । अब हिसाब गर्नुहोस् – लगानीपछि, बीमाको प्रीमियम तिरेपछि, कर्जा चुकाएपछि र अन्य नियमित आवश्यक बिलहरुको भुक्तान गरेपछि अन्य वस्तुमा खर्च गर्नका लागि तपाईसँग कति पसा जोगिन्छ ?

तपाईसँग भएका पैसाको परिमाणका आधारमा आफ्नो सूचीमा सबैभन्दा माथीका वस्तुहरुको पैसा छुट्टै राख्नुहोस् । सूचीमा सबैभन्दा तलका वस्तुहरुको लागि बचत गर्न सक्ने/नसक्ने कुरा ख्याल राख्नुपर्छ । तपाईको लक्ष्यअनुसार कम भन्दा कम खर्च गर्नुमा केन्द्रित हुनुपर्छ । खर्च गर्नु भन्दा अगाडी लगानी गर्नुपर्छ र खर्च गर्ने समयमा बचत गर्नुपर्छ । हातमा धेरै पैसा हुँदा धेरै खर्च गर्न मन लाग्छ । त्यसैले, खर्च गर्नुभन्दा पहिला लगानी गर्नुपर्छ । तपाईको आफ्नो भावी आवश्यकताका बारेमा थाहा पाउनु जरुरी छ । पैसा पाउने बितिकै सबैभन्दा अगाडी त्यो पैसाले आफ्नो लगानीसम्बन्धी आवश्यकता पूरा गर्नुपर्छ । त्यसपछि  आफ्नो कर्जा चुकाउनुपर्छ । अन्तमा बचेको पैसाको प्रयोग आफ्नो मनचाह वस्तु खरीदका लागि गर्नपर्छ ।

धेरै पैसा जोगाउन डिस्काउन्टको पनि लाभ उठाउनुपर्छ, अनलाइन तुलना गर्ने तथा क्रेडिट कार्ड क्यासब्याक अफरहरुको पनि लाभ उठाउने कोसिस जारी राख्नुपर्छ ।

अफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च नगर्नुहोस्

आफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च गर्नुमा तपाईको कर्जाको जालोमा फस्न सक्नुहुन्छ ।  केही मानिस खर्च गर्ने समयमा आफ्नो वित्तीय क्षमतालाई नजर अन्दाज गर्छन् । उधारो लिने साधन जस्तो क्रेडिट कार्ड तथा पर्सनल लोन आफ्नो क्षमताभन्दा अधिक खर्च गर्नका लागि प्रेरित गर्छ । कहिलेकाही मानिस आफ्नो वित्तीय योजनाकम यस्तो ऋणको प्रभावको बारेमा सोच्दैन र अनावश्यक वस्तुमा खर्च गर्छन् । यस्तो परिस्थितिमा उधारो तिर्नु पनि ठुलो चुनौती बन्न सक्छ र आवश्यम वस्तु खरिदमा भने समझौता गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले  आफ्नो वित्तीय क्षमताका अनुसार पैसा खर्च गर्नुपर्छ ।

आफ्नो बानीव्यहोरामा पनि ध्यान दिनुपर्छ

बीचबीचमा आफ्नो खर्च गर्ने बानीमा पनि ध्यान दिनु निकै आवश्यक हुन्छ । यो काम कुनै वित्तीय विशेषज्ञबाट गर्नु फाइदाजनक हुन्छ । कतिपय अवस्थामा आफ्नो खर्च बढी रहेको पत्तै हुँदैद्द । यदि तपाईलाई योजनाबाहेकको खर्च गर्नुपर्‍यो भने योजनालाई थोरै एडजस्ट गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.