एडीबीको नेपाल देशिय निर्देशकमा मुक्त्तर खामुदुखानोभ

  २०७४ मंसिर ७ गते ११:४३     विकासन्युज

काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को नेपाल देशिय निर्देशकमा मुक्त्तर खामुदुखानोभ नियुक्त भएका छन् ।
उनले नेपालको दीर्धकालिन विकास योजना पुरा गर्नका लागि रणनीति बनाउने छन् ।

देशिय निर्देशकमा नियुत्त भएपछि खामुदुखानोभले नेपालको विकास, गरिवी निवारण र विकासमा सरकारसंग नजिक रहेर काम गर्ने बताएका छन् ।
उनी उज्वेकिस्तानका नागरिक हुन् । यसअघि उनी एडीबीको ऊर्जा विभागमा प्रमुख ऊर्जा विश्लेषकका रुपमा काम गरिसकेका छन् ।

टास्केन स्टेट टेक्निकल युनिभर्सिटी उजवेकिस्तानबाट इलेक्ट्रिक इन्जिनियरिङमा विद्यावारधी गरेका छन् । खामुदुखानोभले केनिची योकहमालाई प्रतिस्थापन गर्दे नयाँ देशिय निर्देशक बनेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.