टाटा मोटर्सकाे ‘एसयूभी टाटा हेक्जा’ नेपाली बजारमा, ११ जनालाई गाडी हस्तान्तरण

  २०७४ मंसिर ६ गते १७:०६     विकासन्युज

काठमाडौं । टाटा मोटर्सले आफ्नो एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्र्याएको छ । बुधबार मात्रै भित्रिएको हेक्साको एक्स टी ४*४ का विभिन्न मोडलहरुको मूल्य ७७ लाख ९५ हजार रुपैयाँ पर्नेछ ।

नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले बुधबार पहिलो समूहको ११ जना ग्राहकहरुलाई गाडीको साँचो हस्तान्तरण गरेका छन् ।

टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४*४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्स मिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ ।

जस्तोसुकै बाटोमा पनि स्थिर तथा आनन्दमयी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ ।

यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमा विभिन्न विशेषताहरु सहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ ।

कार्यक्रममा टाटा मोटर्सका सिईओ तथा एमडीले भने, “हामीले टाटा मोटर्सको तर्फबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ । हामी आशावादी छौं नेपाल भित्र नयाँ युग अनुसार गाडी मन पराउने ग्राहकहरु माझ धेरै प्रतिस्पर्धात्मक बजारको बावजुद पनि यसले तरंग ल्याउने छ र यो पूर्ण प्याकेज सहितको गाडी चाँडै लोकप्रिय हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.