ज्योति विकास बैंकको नयाँ शाखा कैलालीको धनगढीमा

  २०७४ मंसिर ६ गते १६:२८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले संयुक्त रुपमा गरेका हुन् ।

गत हप्ताभित्र मात्रै यस बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुरकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लाने बैंकका संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले बताए ।

हाल यस बैंकले ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न बैंकिङ्ग सुविधा उपलव्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.