आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा

  २०७४ मंसिर ६ गते १३:१७     विकासन्युज

काठमाडौं । आफ्ना दशजना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिम स्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखि व्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तव्य निर्धारण गरि भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृत इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।

कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशबाट पठाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.