सिभिल बैंकको २ अर्ब ७ करोडको हकप्रद सेयर आयो, नयाँ सेयरले पनि १० प्रतिशत बोनस सेयर पाउने

  २०७४ मंसिर ६ गते १०:०९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । विद्यमान सेयरधनीले १० कित्ता बराबर ४ कित्ता सेयर लिन पाउने गरी बैंकले हकप्रद सेयर निष्काशन गरेको हो । मंसिर ५ गतेभन्दा अघिल्लो दिनसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि आवेदन गर्न पाउने बैंकले जनाएको छ ।

हकप्रद सेयरका लागि मंसिर २२ गतेदेखि पुस २७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । हकप्रद सेयरको लागि बुक क्लाज भएपछि यस बैंकको सेयर प्रतिकित्ता १८९ रुपैयाँमा कारोबार भएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुन्छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने अझै ७५ करोड रुपैयाँ कम भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बताए । अहिले निष्काशन गरेको हकप्रद सेयरले पनि गत वर्षको नाफाबाट करिब १० प्रतिशत बोनस सेयर पाउने उनले बताए । गत अार्थिक वर्षकाे नाफा ३५ कराेड र संचित काेषमा रहेकाे ५६ कराेड रूपैयाँ बाेनस सेयरकाे रूपमा वितरण गरिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.