सानिमाको पहिलो एक्सटेन्सन काउन्टर भक्तपुरमा, राजस्व संकलन गर्ने

  २०७४ मंसिर ५ गते १७:३९     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ ।

उक्त काउन्टरको उद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा गरेका हुन् ।

हाल यस बैंकको ४७ वटा शाखा संजाल तथा ५३ वटा एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.