एनबीआई र पञ्जाव नेशनल बैंकबीच तालिम उपलब्ध गराउने सम्झौता

  २०७४ मंसिर ५ गते १३:५८     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई) र पञ्जाव नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजी (पीएनबी-आईआईटी)बीच तालिम उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अनुसार, एनबिआईले नेपाली बैकिङ्ग क्षेत्रलाई आवश्यक हुने बैकिङ्ग प्रविधि, साइबर सेक्यूरिटी, डिजिटाइजेशन तथा यस्ता अन्य तालिमहरु पीएनबी-आईआईटीबाट उपलब्ध गराउन सक्ने छ । उक्त तालिमहरुबाट बैंकहरुको सुचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न निकै सहयोग पुग्ने छ ।

सोमबार सम्पन्न उक्त सम्झौतामा पीएनबी-आईआईटीका निदेशक दिभ्याङ् रस्तोगी र एनबिआईका प्रमुख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् ।

भारतको लखनऊ शहरमा स्थित यस पीएनबी-आईआईटी ईन्ष्टिच्युट, बैंकिङ्ग सम्बन्धि सुचना तथा प्रविधि अन्तर्गतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी सँस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.