एभरेष्ट बैंकले शुरु गर्यो नयाँ भर्सनको इन्टरनेट बैंकिङ सेवा, कारोबार थप सुरक्षित हुने

  २०७४ मंसिर ४ गते १८:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सर्भिसलाई हटाएर नयाँ भर्सनको बैंकिङ्ग सर्भिस सेवा शुरु गरेको छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा इ बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध आइरहेका कारणले बैंकले नयाँ भर्सनमा उक्त सेवा ल्याएको हो । यो नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु पाउने र पुरानो भन्दा थप सुरक्षित रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो नयाँ भर्सनमा थप सुरक्षाका उपकरण थपिएका छन् । युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सर देखि एक पटक मात्रै पासवार्ड प्रयोग गर्न सक्ने बनाईएको छ । साथै, अब ग्राहकले आफ्नो युजर नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानु नपर्ने र बैंकले नै इमेल मार्फत यी सबै सुबिधा दिने जनाएको छ ।

त्यस्तै, बैंकले कर्पोरेट हाउसहरुलाई मध्येनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सर्भिस सेवा प्रदान गर्दै आएको छ । उक्त सेवाले व्यापार तथा कर्पोरेट हाउस सम्हाल्न र आन्तरिक रुपमा अकाउन्ट मिलाउन सहयोग पुर्याउने बैंकले बताएको छ । साथै, यसको प्रयोगले तलब, भुक्तानी बाँढेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने छ ।

बैंकले हालसम्म ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.