महालक्ष्मी विकास बैंकद्धारा ‘नेपाल हुम्यान सभिर्स अर्गनाजेसन’लाई सहयोग

  २०७४ मंसिर ४ गते १७:५५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “नेपाल हुम्यान सभिर्स अर्गनाजेसन” लाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १७ जना टुहुरा तथा असहय बालबालिकाहरुलाई हेरचाह गरेर बसेको गोंगबुको उक्त संस्थालाई सहयोग स्वरुप ३५ हजार रुपैयाँ बराबरको तल्ले खाट उपलब्ध गराएको छ ।

बैंकले “आजका बालबालिका भोलिका कर्णधार”भन्ने नारालाई आत्मसाथ गर्दैे उक्त सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको यस विकास बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.