ज्योति विकास बैंकको नयाँ शाखा नेपालटारमा, नगरपालिकाका कै पहिलो बैंक बन्न सफल

  २०७४ मंसिर ४ गते १७:४१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो नयाँ शाखा नेपालटारमा सञ्चालन गरेको छ । बैंकले सोमबारदेखि काठमाडौंको तारकेश्वर नगरपालिका नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो नेपालटार शाखाले आफ्नो कारोबार संचालनमा ल्याएको हो ।

गत सातभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्ला कै हेटौंडा बजार, र महोत्तरी जिल्लाको रामगोपालपुरमा नँया शाखा संचालनमा ल्याएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.