नेपाल बङ्गलादेश बैंकको १५ प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

  २०७४ मंसिर ४ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई आइतबार सम्पन्न कम्पनीको २३औँ साधारणसभाले सो मात्राको लाभांश पारित गरेको हो ।

साभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ ।

सोही साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम तथा सर्वसाधारण सेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेल आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । साथै, सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष पनि चयन गरिएको छ ।

१२ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी ८ अर्ब ०८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले सो अवधिमा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप र ३७ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यसैगरी, बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.