३ महिनामा बैंकको कर्जा लगानी ९२.६७ अर्ब बढ्यो, व्यक्तिगत घरकर्जा ११ अर्ब २९ करोड

  २०७४ मंसिर ४ गते १२:२०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४.६ प्रतिशत बढेको छ । गत असोजसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ९२ अर्ब ६७ करोड रुपैयाँ बढेको छ ।

असोजसम्म कुल कर्जा लगानी २० खर्ब ७८ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२, विकास बैंकहरुको ८.३ र वित्त कम्पनीहरुको १.९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६१.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ र १५.१ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा २५.५ प्रतिशत अर्थात १६ अर्ब ४४ करोड रुपैयाँ बढेर ८० अर्ब ९७ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको थियो । ३ महिनामा सेयर धितोमा दिने कर्जा १ अर्ब ९६ करोड रुपैयाँ प्रवाह भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि ल्याएको १ करोड ५० लाख रुपैयाँ व्यक्तिगत घर कर्जा अन्र्तगत ३ महिनामा ११ अर्ब २९ करोड ५८ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित हायर पर्चेज कर्जा १.७, ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । रियल स्टेट कर्जा ०.८ प्रतिशतले बढेको छ ।

उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । असोज मसान्तमा साधारण पुनरकर्जा ७ अर्ब ६१ करोड ५५ लाख र निर्यात पुनरकर्जा ६७ करोड २४ लाख गरी ८ अर्ब २८ करोड ७९ लाख रुपैयाँ पुनरकर्जा लगानीमा छ ।

भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ असोज मसान्तसम्ममा ९६ करोड २६ लाख उपयोगमा छ ।

सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ५ हजार ९२७ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब २३ करोड ३२ लाख कर्जा बक्यौता रहेको छ । २३ करोड ९१ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.