मंसिर १० गतेदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री खुला हुँदै, वार्षिक १० प्रतिशत ब्याज दिने

  २०७४ मंसिर ३ गते १४:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ५० करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ ।
वचतपत्र मंसिर १० देखि २९ गतेसम्मका लागि बिक्री खुला हुने छ ।

वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीले बचतपत्र खरिदको लागि आवेदन दिनसक्ने छन् । ५ वर्षका लागि निष्कासन हुन लागेको बचतपत्र आउदो २०७९ पुस ५ गते सावाँ फिर्ता हुने छ । ब्याज भुक्तानी ६/६ महिनामा हुने छ । घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने छन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने छ ।

सरकार आन्तरिक ऋण उठाउन रोजगार वचतपत्र ल्याएको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ । हालसम्म झण्डै विभिन्न वित्तीय औजारमार्फत झण्डै ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.