सानिमा बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता

  २०७४ कार्तिक ३० गते १६:५२     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेड र एक्सिस बैंकबीच भारत-नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा लगायत नेपालभरि ७००० भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् ।

आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिदै आइरहेको छ । सानिमा बैंकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

यस सम्झौता अनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दाे माध्यमबाट भारतमा बस्ने नेपालीहरु रेमिट्यान्स सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.