चन्द्रागिरि हिल्स ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित

  २०७४ कार्तिक २९ गते १७:४०     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाले उक्त अर्वाड प्रदान गरेको हो ।

उक्त संस्थाले चन्द्रागिरिले स्थापनाको छोटो समयमै अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस अवार्ड चन्द्रागिरि हिल्सलाई प्रदान गरेको हो । फ्रोस्र्ट एण्ड सुलिभानर सिएनआईले आयोजना गरेको एक कार्यक्रममा चन्द्रागिरि हिल्सको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । चन्द्रागिरि हिल्सलाई सोहि संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड-२०१६’ ले सम्मानित गरेको थियो ।

‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड-२०१७’ को समापनको अवसरमा मङ्गलबार काठमाडौं स्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष एवम् संचालक ढकालले चन्द्रागिरि हिल्स लिमिटेडले विश्व ब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.