सेञ्चुरी बैंकले ल्यायो थप तीन आधुनिक सेवा, नोक्सानी तथा नगद चोरी न्यूनिकरण गर्ने

  २०७४ कार्तिक २९ गते १६:३८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा थप तीन वटा आधुनिक सेवा (टेक्नो बेसड) सेवाहरु ल्याएको छ । बैंकले “मल्टी करेन्सी कार्ड”, “इन्डो-नेपाल इजी रेमिट” र “मोबाइल एप्स” गरी थप तीन सेवाको शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उक्त तीन सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकले भारतको एक्सिस बैंकको सहकार्यमा नेपालमा नै पहिलो पटक “मल्टी करेन्सी कार्ड”को शुरुवात गरेको हो । जसअन्तर्गत ग्राहकले विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्नेछन् । यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्ने र अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकले जनाएको छ ।

यसैगरी, बैंकले एक्सिस बैंककै सहकार्यमा “इन्डो नेपाल इजी रेमिट” को शुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस् बैंकका ३,५०० शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुने बैंकको अपेक्षा रहेको छ ।

साथै, बैंकले मोबाइल बैंकिङको नाममा “मोबाइल एप्स” को शुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोबाईलबाट रकम भुक्तानी ट्रान्सफर तथा यूटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.