गाडी धुने पूर्ण स्वचालित प्रविधि नेपाली बजारमा, ५ मिनेटमै एउटा गाडी धोइसक्ने

  २०७४ कार्तिक २८ गते १५:१४     विकासन्युज

ललितपुर । उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधि नेपाली बजारमा भित्र्याएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले उक्त नयाँ प्रविधिको शुरु गरेका हुन् ।

नयाँ प्रविधील केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य मुलुकमा यो प्रविधि सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधिको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुरु गरेको उनले जानकारी दिएका छन् ।

आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधि बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले बताए । यो प्रविधिबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.