नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक सेयर बेच्ने, पुस ३ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

  २०७४ कार्तिक २८ गते १०:२२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले बैंकमा रहेको ४ लाख ४४ हजार ६२२ कित्ता संस्थापक सेयर न्युनतम १८५ रुपैयाँमा बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको छ ।

कम्पनीले पुस ३ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडमा बोलपत्र पेश गर्न भनेको छ । हाल एनसीसीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.