सनराइज बैंकले बीमा र बोनस सहित १ करोडसम्म घर कर्जा दिने

  २०७४ कार्तिक २८ गते १०:१२     विकासन्युज

काठमाडौं । तपाईलाई घर कर्जाको समस्या परेको छ ? यदी छ भने यो समस्याको समधान सनराइज बैंकले गरिदिने भएको छ ।
बैंकले बीमा तथा बोनस सहित २० वर्षसम्मका लागि सनराइन सुरक्षित घरकर्जा याजना ल्याएको छ । बैंकले ऋणीको सावधिक जीवन बीमा गरिदिने भएको छ ।

बीमा अवधि समाप्त भएपछि एकमुष्ठ बोनस भुक्तानी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले घर बनाउन वा किन्नलाई न्युनतम ५ लाखदेखि अधिकतम् १ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ ।

घरकर्जाको अवधि न्युनतम १० देखि अधिकतम २० वर्षसम्म तोकिएको बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.