सनराईज बैंकका प्रमोटरबीच फेरी झगडा, अदालतको आदेशपछि बैंकको साधारणसभा स्थगित

  २०७४ कार्तिक २८ गते ९:४५     विकासन्युज

काठमाडौं । सनराईज बैंकका प्रमोटर सेयरधनीहरुबीच फेरी विवाद उत्पन्न भएको छ ।

प्रमोटरतर्फबाट सञ्चालक समितिमा को को जाने भन्ने विषयमा सेयरधनीहरु बीच विवाद उच्च अदालत पाटनमा पुगेको छ ।

सेयरधनीबीच विवाद कै कारण बैंकले कात्तिक ३० गते डाकेको १० औ वार्षिक साधारणसभा स्थगित गरेको छ । उक्त साधारणसभमा १५ प्रतिशत बोनस सेयर वितरण गर्नेसहित संस्थापक समूहबाट ३ जना सञ्चालक निर्वाचित गर्ने मुख्य अजेण्डा थिए ।

तीन जना मध्ये को को सञ्चालक बन्ने भन्ने विषयमा प्रमोटरबीच विवाद बल्झिएको हो । हाल यस बैंकमा प्रवद्र्धकबाट मोतिलाल दुगड, मालचन्द दुगड, भोगेन्द्र गुरागाई, बच्चराज तातेर सञ्चालन छन् ।

उनीहरु मध्ये अव एक जनाले सञ्चालक पद त्याग गर्नु पर्नेछ । कसले छोड्ने वा कसलाई छोडाउने भन्ने विवाद भएकोले बैंक समस्यामा परेको बैंकका सेयरधनीहरु बताउँछन् । करिव ७ वर्षअघि पनि यस बैंकमा प्रमोटरबीच विवाद हुँदा बैंक सफर भएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७४ अनुसार कुनै पनि बैंकमा ७ जनाभन्दा बढी सञ्चालक रहन पाउने छैन । राष्ट्र बैंकले उक्त ऐन सकेसम्म चाडो कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिईसकेको छ ।

उक्त ऐन अनुसार अबको साधारणसभापछि ३ जना प्रवद्र्धक, ३ जना पब्लिक र १ जना विज्ञ सञ्चालक रहन पाउने छन् ।

बैंकको निर्वाचन समितिले कात्तिक १४ गते निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशित गरेको थियो । सो निर्वाचत प्रक्रियामा असहमति जनाउँदै प्रवद्र्धकतर्फबाट उच्च अलादनमा मुद्दा परेको छ । उच्च अदालतले कात्तिक २४ गते अन्तरिम आदेश जारी गर्दै निर्वाचत प्रक्रिया यथास्थितिमा राख्न भनेको छ ।

निर्वाचन कार्य स्थगित गरेर साधारणसभा मात्र गर्न नमिल्ने भन्दै बैंकले साधारणसभा स्थगित गरेको हो । साधारणसभा गर्दा संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकको कार्यकाल सम्पन्न हुने, वर्तमान अवस्थामा ९ जना सञ्चालक रहेकोमा साधारणतर्फको ३ र स्वतन्त्र १ गरी ४ जना मात्र सञ्चालक बाँकी रहन गई अल्पमतमा पर्न र बहुमत नभई सञ्चालक समिति बैठक बस्न नसक्ने बैंकले बैंकको तर्क छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.