३ महिनामा एनसीसी बैंकको खुदनाफा साढे १६ करोड

  २०७४ कार्तिक २८ गते ९:२०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको खुदनाफा बढेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १६ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा घटेर ४.२९ प्रतिशतमा सीमित भएको छ । बैंकको निक्षेप लागत बढेर ८.२१, कर्जा निक्षेप अनुपात ७०.८३ र आधार ब्याजदर बढेर ११.४३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

असोजसम्म बैंकको निक्षेप बढेर ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप परिचालन ५८ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकको कर्जा लगानी ४८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको संचित कोषमा २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ छ । पुँजी बढाउन बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.