गायक संजीब पराजुली र टीका प्रसाईंको ‘‘पहिलो भेटैमा’’ म्युजिक भिडियो सार्वजनिक

  २०७४ कार्तिक २७ गते १७:५९     विकासन्युज

काठमाडौं । ’नाईं मलाई थाहा छैन’ का गायक गायिका संजीब पराजुली र टीका प्रसाईंको अर्को गीत ‘‘पहिलो भेटैमा’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ’त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ’नाईं मलाई थाहा छैन’ र ’तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् ।

‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा उनले बताए ।

भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । पौडेल हालै सम्पन्न ’नेपाल आइडल’का डाइरेक्टर थिए । ‘पहिलो भेटैमा’ भिडियोको दृश्य सम्पादन भरत रेग्मीले गरेका हुन भने भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठले गरेका हुन् ।

त्यो सपना एल्वम शनिबार गीचकार दिनेश अधिकारीले सार्वजनिक गरेका हुन् । यस एलभल्ममा ‘हिट हिट गीत’ बोलको गीतमा र्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २), गोपाल रसाइली (ट्रयाक ३ र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ‘त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ ।

को हुन् होमनाथ, दीपक र संजीव

रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन् । गीतकार होमनाथ चौधरी ग्रुपका महाप्रबन्धक हुन् ।

संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत् २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौं सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भोकल राम्रो हुँदाहुँदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफूलाई परिचित गराएका हुन् ।

हिट गीत ‘नाई मलाई थाहा छैन’ मार्फत् परिचय फैलाउन सफल गायक संजिवको पनि यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीतसंगीतमा भने यी तिनैले आफूलाई एकै बनाएका छन् । सार्वजनिक ‘त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा ‘त्यो सपना’, २ मा ‘पहिलो भेटैमा’, ३ मा ‘हिट हिट गीत’, ४ मा ‘मेरी मायालु’ र ५ मा ‘बेदनाले’ संग्रहित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.