२०७४ कार्तिक २७ गते १७:०३ विकासन्युज
काठमाडौं । एनआईसी एसिया बैंकले “एनआईसी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । यस अनलाइन बचत खाता देश तथाविदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको हो ।
शुन्य मौज्दात मै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।
अनलाइन बचत खाताको सुरुवात सँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
बैंकले १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पीओएस मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.