सिटिजन्स बैंक र दोहा बैंकबीच विप्रेषण सम्झौता

  २०७४ कार्तिक २७ गते १६:४६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । कतारको दोहामा सम्पन्न उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता बमोजिम विभिन्न देशबाट दोहा बैंकको विप्रेषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको पैसा सरल र सहज रूपमा सिटिजन्स बैंकको जुनसुकै शाखाबाट लिन सकिने बैंकले जनाएको छ ।

कार्यक्रममा कतारका लागी नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौताले हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने कुरा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंकसँग मिलेर थप काम गर्न इक्छुक रहेको बताए ।

उक्त सम्झौता समारोहमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रेषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

हाल सिटिजन्स बैंकले ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.