लक्ष्मी बैंकको नाफा बढ्यो, इपीएस घट्यो

  २०७४ कार्तिक २० गते ९:४८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा लक्ष्मी बैंकको खुदनाफा ४ करोड रुपैयाँ बढेको छ । चालु आवको असोजसम्म बैंकको नाफा बढेर १७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५८ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.७८, ब्याजदर अन्तर २.९४, निक्षेप कर्जा अनुपात ७८.८६ र आधार ब्याज दर १०.६६ प्रतिशत छ । बैंकको पुँजीगत लागत बढेर ७.४६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ह्वातै घटेर ८.२४ रुपैयाँमा सीमित भएको छ । गत असारमा ईपीएस २५ रुपैयाँ ४३ पैसा थियो ।

गत असारको तुलनामा असोजमा बैंककको निक्षेप परिचालन घटेर ५८ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ५९ अर्ब ३२ करोड रुपैयाँ थियो । कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो लगानी ५२ अर्ब ७३ करोड रुपैयाँ थियो ।

यस्तै बैंकको संचित कोष घटेर २ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा संचित कोषमा २ अर्ब १८ करोड रुपैयाँ थियो । चुत्तापुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.