चीनमा अनलाइन सपिङ कडाई गर्ने नयाँ कानुन, अलिबाबालाई समस्या

  २०७४ कार्तिक २० गते ९:३४     विकासन्युज

काठमाडौं । चीनले अनलाइन सपिङमा कडाई कडाई गर्न नयाँ कानुन ल्याएको छ । अनलाइन सपिङ पोर्टलहरुले गलत विज्ञापन मार्फत उपभोक्ता ठगेको भन्दै नयाँ कानुन मार्फत त्यसलाई कडाई गर्न लागिएको हो ।

चीनले आफ्ना उत्पादनहरुको गलत विज्ञापन गराउने अनलाइन सपिङ पोर्टल हरुलाई ३० हजार डलरसम्म जरिवाना गराउने नयाँ व्यवस्था लागु गरेको हो । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ अलिबाबाले सपिङ इयर अफ द डे मनाउने अघिल्लो दिन अनलाइन सपिङबारे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । चीनमा नोभेम्बर ११ तारिखलाई सिंगल डे सपिङका रुपमा लिने गरिएको छ ।

गत बर्षको सो दिनमा अलिबाबाले १८ बिलियन डलरको कारोबार गरेको थियो । सो कारोबारका लागि ६५७ बिलियन अर्डर आएका थिए । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ पोर्टल अलिबाबाले अगष्ट महिनाको त्रैमासिक रिपोर्टमा मात्रै ५६ प्रतिशत आम्दानी वृद्धि गरेको बताइन्छ ।

चीनलाई ईकमर्सको नयाँ गन्तव्यमा अघि बढ्दै गरेको मुलुकका रुपमा लिने गरिएको छ । अनलाइन सपिङमा आएको नयाँ व्यवस्थाले अलिबाबा लगायतका अनलाइन सपिङ सेन्टरहरुको बजारलाई भने प्रभावित पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.