राष्ट्रिय वाणिज्यकाे बढ्दा कृषि विकास बैंकको नाफा ह्वातै घट्यो

  २०७४ कार्तिक २० गते ९:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्दा सरकार स्वामित्वको कृषि विकास बैंकको खुदनाफा ह्वातै घटेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको खुदनाफा ६ करोड रुपैयाँ घटेर ३६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

गत असारको तुलनामा असोजसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ह्वातै घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस ३४ रुपैयाँ ५८ पैसा थियो ।

चालु आवमा बैंकको निष्क्रिय कर्जा पनि बढेर ३.५४ प्रतिशत पुगेको छ । गत आवमा यस्तो कर्जा अनुपात २.९७ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.२ प्रतिशत पुगेको छ । गत असारमा ५.७४ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात ७७.३४, आधार ब्याज दर ११.९७ औसत ब्याज अन्तर ४.६५ प्रतिशत रहेको छ । संस्थागत निक्षेप बाहिरिएपछि बैंकको निक्षेप परिचालन घटेर ९९ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ९९ अर्ब ९५ करोड रुपैयाँ थियो ।

कर्जा लगानी पनि घटेर ८८ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा यस्तो लगानी ८८ अर्ब २९ करोड रुपैयाँ थियो । जगेडा कोष बढेर १० अर्ब २३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.