नेपाल बंगलादेश बैंकको नाफा ७ करोड र ईपीएस २० रुपैयाँ घट्यो

  २०७४ कार्तिक २० गते ८:५२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल बंगलादेश बैंकको नाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १५ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन् ।
नाफा घटेर पु्ँजी बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ घटेर ८ रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २८ रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७३ प्रतिशत मात्र छ । बैंकको पुँजीगत लागत बढेर ७.९६, कर्जा निक्षेप ब्याज अन्तर ७४, आधार दर ११.३९ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ३.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।
गत असारको तुलनामा बैंकको निक्षेप परिचालन घटेर ४२ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा निक्षेप ४३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

यस्तै कर्जा लगानी सामान्य बढेर ३८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । असारमा कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ । चुक्तापुजी ८ अर्ब ८ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.