हिरोको चौंथो र पाँचौं विजेताको नाम घोषित, दुबैले जिते १/१ लाख रुपैयाँ नगद

  २०७४ कार्तिक १९ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले आफ्नो योजना अन्तर्गतको चौंथो र पाँचौं विजेताको नाम घोषित गरेको छ । कम्पनीकाे गत दशै र तिहारको उपलक्ष्यमा “यो दशै र तिहारमा भाग्य मनि भए”भन्ने नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा चौंथो विजेता राम सुनेश चौधरी र पाँचौं विजेता अविनय ढुङ्गाना भएका छन् । साथै, यस योजना अन्तर्गत  दुबै विजेताले एक/एक लाख रुपैयाँ नगद जितेका छन् ।

साथै, यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने कम्पनीले बताएको छ । त्यस्तै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.