३ महिनामा बैंक अफ काठमाण्डुको नाफा ५ करोड घट्यो

  २०७४ कार्तिक १९ गते १०:०२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको नाफा ५ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले २२ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले २७ करोड ९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.९२ रुपैयाँमा झरेको छ । गत असारमा बैंकको ईपीएस २२ रुपैयाँ थियो ।

चालु आवको ३ महिनामा खराब कर्जा बढेर २ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.४६ प्रतिशत थियो । यस्तै बैंकको लागत ७.७८, सीडी रेसियो ७७.३९, आधार दर १०.६८ र स्प्रेड दर ३.८३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

गत असारको तुलनामा बैंक निक्षेप झण्डै ३ अर्ब रुपैयाँ घटेर ६९ अर्ब १५ करोडमा सीमित भएको छ । गत असारमा निक्षेप ७२ अर्ब १३ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि घटेको छ । असोजसम्म बैंकले ६२ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ६२ अर्ब ५४ करोड रुपैयाँ थियो ।

बैंकको संचित कोष बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.