आइतबार ६ अर्बको विकास ऋणपत्र आउदै, ७ वर्षमा फिर्ता हुने

  २०७४ कार्तिक १७ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउदो आईतबार ५ अर्ब रुपैयाँको “विकास ऋणपत्र २०८१ “ख” निष्कासन गर्न लागेको छ । सरकारको विकास आयोजनाका लागि राष्ट्र बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो ।

केन्द्रीय बैंकले कात्तिक १९ गते ७ वर्ष अवधिको बोलकबोल मार्फत ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको सावाँ भुक्तानी ०८१ कात्तिक २० गते हुने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्र धितो राखी कर्जा लिन पाइने छ ।

सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र औजारबाट मात्र ७४ अर्ब रुपैयाँ उठाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.