एसबीआई बैंकको नाफा ९ करोड बढ्यो, खराव कर्जा न्युन

  २०७४ कार्तिक १७ गते १०:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेपाल एसबीआई बैंकको नाफा ९ करोड रुपैयाँ बढेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ३५ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणमा खराब कर्जा अनुपात ०.१३ प्रतिशत रहेको देखाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १८ पैसा छ । असारमा बैंकको ईपीएस ३० रुपैयाँ ६२ पैसा छ । बैंकको पुँजीगत लागत ५.१९, कर्जा निक्षेप अनुपात ७६.३७ र आधार दर ९.३२ प्रतिशत छ । कर्जा निक्षेप ब्याज अन्तर ४.८१ पैसा छ ।

समीक्षा अवधिमा बैंकले ८६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारमा बैंकले ८१ अर्ब ६६ करोड रुपैयाँ थियो । बैंकले ३ महिनामा झण्डै ६ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।यस्तै कर्जा लगानी बढेर ६७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ६३ अर्ब २ करोड रुपैयाँ थियो । ३ महिनामा कर्जा लगानी ५ अर्ब रुपैयाँ बढेको छ । संचित कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.