३ महिनामा सिद्धार्थ बैंकको नाफा १५ करोड घट्यो, खराब कर्जा बढ्यो

  २०७४ कार्तिक १७ गते १०:१३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा १५ करोड रुपैयाँ घटको छ ।  चालु आवको ३ महिनामा बैंकले २१ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १२ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । गत आवको असारसम्म बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २ प्रतिशत नाघेको छ । गत असारमा बैंककको यस्तो कर्जा १.१५ प्रतिशत मात्र थियो । बैंकको पुँजीगत लागत बढेर ७.३२ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात ७८.३६ प्रतिशत छ । बैंकको आधार दर १०.२८ र कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ३.८६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

३ महिनामा बैंकले ५० करोड रुपैयाँ मात्र निक्षेप बढाएको छ । असोजसम्म बैंकको निक्षेप परिचालन बढेर ७७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ७७ अर्ब ३१ करोड रुपैयाँ थियो ।

यस्तै असोजसम्म बैंकले ६८ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ६६ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी झण्डै ३ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ८४ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.