च्याम्पियन्स लिगमा रियल मड्रिडको लज्जास्पद पराजय

  २०७४ कार्तिक १६ गते १०:४८     विकासन्युज

कठमाडौं । च्याम्पियन्स लिगमा गत सिजनको बिजेता रियल मड्रिडको लज्जास्पद पराजय व्यहोरेको छ । इङिलस क्लाब टोटेनह्यामले रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलले पहिलो हाफमा एक गोल खाएको थियो भने दोश्रो हालमा थप २ गोल गोल खायो । टोटेनह्यामका लागि डेल अलीले २ गोल गरेका हुन् ।  तेश्रो गोल भने एरिक्सनले हानेका थिए ।

रियल मड्रिडका लागि सान्त्वना एक गोल भने रोनाल्डोले गरेका थिए । जितसँगै ४ खेलबाट १० अंक जोडेको टोटेनह्याम नकआउट चरणमा पुगेको छ भने रियलको ७ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.