३ महिनामा एनएमबी बैंकको नाफा १० करोड बढ्यो

  २०७४ कार्तिक १६ गते ९:३७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एनएमबी बैंकले खुदनाफा १० करोड रुपैयाँ बढाएको छ । असोजसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको अपरिष्कृत विवरणमा वित्तीय सुचक सकरात्मक रहेको देखाएको छ ।

समीक्षा अवधिमा बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ७७.८४ प्रतिशत रहेको छ । बैंकको आधार दर बढेर १०.२१ प्रतिशत पुुगेको जानकारी दिएको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ ।

३ महिनामा बैंकको निक्षेप परिचालन २ अर्ब रुपैयाँ घटेर ७१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ थियो ।

कर्जा लगानी बढेर ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा ६१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.