बिटक्वाइनमा नयाँ रेकर्ड, मूल्य ६४६० डलर पुग्यो

  २०७४ कार्तिक १५ गते १८:४५     विकासन्युज

लण्डन । बुधबार भर्चुयल मूद्रा बिटक्वाइनको मूल्य बढेर ६ हजार ४ सय ६० अमेरिकी डलर पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

विश्वकै ठुलो डेरिभेटिभ्स अपरेटरले बिटक्वाइन सार्वजिनक गर्ने घोषणा गरेपछि क्रिप्टोकरेन्सीले मुलधारको वित्तीय क्षेत्रमा प्रवेश गर्ने दाबी गरिएको छ ।

सिएमइ ग्रुप इकंका अनुसार यसले क्रिप्टोकरेन्सी मार्केटलाई व्यवस्थित व्यापारिक स्थान प्रदान गर्नेछ र २०१७को चौमासिकतिर नयाँ डेरिभेटिभहरुपनि सार्वजनिक गर्नेछ । बिटक्वाइनको मूल्य ६ गुणाले बढेको छ र यो मध्य सेप्टेम्बर को भन्दा दोब्बरले वृद्धि भएको हो ।

लक्जमबर्गमा आधारति बिटस्ट्याम्प एक्सेञ्जमा बुधबार यसको मूल्य ०.३ प्रतिशतले माथि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.