जनता बैंकको नाफा ९ लाख मात्र बढ्यो, प्रतिसेयर आम्दानी घटेर ३.७१ रुपैयाँमा सीमित

  २०७४ कार्तिक १५ गते ९:५१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा जनता बैंकको खुद नाफा ९ लाख रुपैयाँ मात्र बढेको छ । चालु आवको असोजसम्म बैंकले ६ करोड ४८ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको खदनाफा ६ करोड ३९ लाख रुपैयाँ थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणअनुसार नाफा बढाउन बैंक असफल देखिएको छ । नाफा नबढेपछि प्रतिसेयर आम्दानी(ईपीएस) पनि घटेको छ । चालु आवको पहिलो ३ महिनामा बैंकको ईपीएस घटेर ३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । गत आवको असारसम्म बैंकको ईपीएस ९ रुपैयाँ १८ पैसा थियो । ३ महिनामा झण्डै ईपीएस झण्डै ६ रुपैयाँ घटेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात घटेर १.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा २ प्रतिशत थियो । यस्तै बैंकको पुँजीगत लागत दोब्बर बढेर ७.९ प्रतिश पुगेको छ । गत आवको सोही अवधिमा यस्तो लागत ४.३० प्रतिशत थियो ।
बैंकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७३.२६, कर्जा र निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड) ३.७२ र आधार ब्याज दर साढे ११ प्रतिशत रहेको छ । बैंकको संचित वचत १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छ ।

असोजसम्म बैंकले ५२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा २५ अर्ब २५ करोड रुपैयाँ थियो । गत आवको सोही अवधिको तुलनामा बैंकको निक्षेप दोब्बर र असारको तुलनामा ४ अर्ब रुपैयाँ बढेको छ ।

समीक्षा अवधिमा बैंकको कर्जा लगानी बढेर ४७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २१ अर्ब ८० करोड रुपैयाँ थियो । गत असारसम्म बैंकको कुल कर्जा लगानी ४५ अर्ब ६५ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले झण्डै ३ अर्ब रुपैयाँ कर्जा लगानी बढेको बैंकले जानकारी दिएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.