राष्ट्र बैंकले बिहीबार ५ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

  २०७४ कार्तिक १४ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षका लागि निष्कासन हुन लागेको ऋणपत्र वि.स.२०७९ कात्तिक १७ गते साँवा फिर्ता हुने छ ।

प्रत्येक ६ महिनामा ऋणपत्रको ब्याज भुत्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइने छ । बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले मात्र बोलकबोलबाट ऋणपत्र खरिद गर्न सक्ने छन् ।

चालु आर्थिक वर्षको विकास निर्माणको काम अघि बढाउन सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये ७२ अर्ब रुपैयाँ विकास ऋणपत्र उपकरणबाट उठाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.