रेमिट्यान्स वृद्धिदर रोकियो, अर्थतन्त्रमा अब के हाेला ?

  २०७४ कार्तिक १२ गते १७:२५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ । भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ०.७ प्रतिशतमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएपछि यसको असर परेको हो । गत वर्ष १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबर रेमिट्यान्स प्राप्त भएको थियो ।

रेमिट्यान्स आप्रवाह घटेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) घट्ने संभावना छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

रेमिट्यान्स वृद्धिमा ब्रेक लाग्ने क्रमले निरन्तरता पाए मुलुकको विदेशी मुद्रा संचितीमा असर गर्ने अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । यसले आगामी दिनमा गरिवी न्युनीकरण र उपभोगमा असर गर्ने उनको तर्क छ । “अहिले नै यसले खासै असर गर्देन, निरन्तर यो अवस्था रहेमा सरकारले विकल्प सोच्नु पर्ने अवस्था आएको छ” शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.