सानिमा बैंकको नाफा बढेर ३४ करोड ४४ लाख, प्रतिसेयर आम्दानी घट्यो

  २०७४ कार्तिक १२ गते ९:०२     विकासन्युज

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा ७ करोड रुपैयाँ बढेको छ । चालु आवको ३ महिनामा बैंकले ३४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुदनाफा २७ करोड १६ लाख रुपैयाँ थियो ।

बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । अघिल्लो आवको तुलनामा बैंकको खराव कर्जा बढेको छ । गत आवको सोही अवधिमा बैंकको खराव कर्जा अनुपात ०.०५ प्रतिशत रहेकोमा असोजसम्म बढेर ०.१४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको पुँजीगत लागत (कस्ट अफ फण्ड) दोब्बर बढेर ७.४३ प्रतिशत थियो । गत आवको पहिलो त्रैमाशमा यस्तो लगात ३.७ प्रतिशत मात्र थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.१७ प्रतिशत पुगेको छ । बैंकसंग पर्याप्त लगानीयोग्य पुँजी नभएको वित्तीय विवरणले देखाएको छ । कर्जा निक्षेपबीचको ब्याजदर अन्तर घटेर ३.९३ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अन्तर ४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आई १६.७२ रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी २० रुपैया थियो ।
चालु आवमा बैंकले ६४ अर्ब १३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ४८ अर्ब ६९ करोड रुपैयाँ थियो । १ वर्षमा बैंकको निक्षेप १६ अर्ब रुपैयाँ बढेको छ ।

समीक्षा अवधिमा बैंकले ५७ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४४ अर्ब ६० करोड रुपैयाँ मात्र गरेको थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी १३ अर्ब रुपैयाँले विस्तार भएको छ । बैंकको संचित रकम बढेर १ अर्ब ४० करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ मात्र थियो । बैंकको चुत्तापुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.