अर्बपतिमा अमेरिकालाई उछिन्यो एशियाले, एशियाली अर्बपतिको सम्पती ३२ प्रतिशतले बढ्यो

  २०७४ कार्तिक १० गते १७:२०     विकासन्युज

काठमाडौं । पहिलोपटक अर्बपतिको संख्यामा एशियाले अमेरिकालाई उछिनेको छ । अहिले एशियामा अर्बपतिको संख्या अमेरिका भन्दा बढी रहेको पाइएको छ ।

यूबीएस तथा प्राइस वाटर हाउस कूपर्सले गरेको अनुसन्धानले यो तथ्य सार्वजनिक गरेको हो । अहिले अमेरिकी अर्बपतिहरुसँग १ हजार ७ सय ८९ खर्ब अमेरिकी डलर सम्पती छ । एशियाली अर्बपतिहरुसँग १ हजार २ सय ७७ खर्ब सम्पती छ । सन् २०१५ को तुलनामा २०१६ मा अमेरिकी अर्बपतिहरुको सम्पती १० प्रतिशतले वृद्धि भएको छ । एशियाली अर्बपतिहरुको सम्पती भने ३२ प्रतिशतले बढेको छ ।

यद्दपी अमेरिका अर्बपतिहरुको सम्पतीमा भने अगाडी नै रहेको छ । एशियाली मुलुक चीनमा हरेक तेस्रो सातामा एक व्यक्ति अर्बपति बन्ने गरेका छन् । यदी यो गति अनुसार एशियमा अर्बपतिको संख्या बढ्ने हो भने आगामी चार वर्षमा अर्बपतिको सम्पतिमा पनि तुलनात्मक रुपमा यसले अमेरिकालाई उछिन्ने छ ।

विज्ञहरुका अनुसार अर्बपतिहरुको संख्या बढ्नाले कला र खेलको क्षेत्रमा अभूतपूर्व विकास भइरहेको छ । यसको तथ्यांक अनुसार दुनियाँमा नयाँ अर्बपतिहरु ७५ प्रतिशत मानिस चीन र भारतका रहेका छन् । हाल एसियामा करिब ६१७ अर्बपति छन्, जसमा ११७ जना नयाँ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.