३ महिनामा एभरेष्ट बैंकको खुद नाफा ५३ करोड 

  २०७४ कार्तिक ९ गते ८:२८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एभरेष्ट बैंकले नाफा बढाएको छ ।साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले बिहीबार चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दे नाफा, निक्षेप परिचालन र कर्जा लगानी बढेको जानकारी दिएको छ । यस्तै तरलताको अवस्था पनि सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ ।

गत असोजसम्म बैंकले ९९ अर्ब ३७ करोड १२ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप परिचालन गरेको थियो । साउनयता बैंकको निक्षेप ४ अर्ब रुपैयाँ थपिएको छ ।

यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । असोजसम्म बैंकले ८१ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६९ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी झण्डै ४ अर्ब रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ ।

बैंकको खराब कर्जा अनुपात ०.२६ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ २९ पैसा छ । यस्तै पुजीगत लागत ४.८५ र कर्जा र निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड दर)  ४.८३ प्रतिशत छ । कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७६.९१ प्रतिशत छ ।

बैंकको संचिति ६ अर्ब ६७ करोड रुपैयाँ बढी छ । बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.