सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ मात्र

  २०७४ कार्तिक ७ गते ८:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ । बैंकले मंगलबार चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्दे नाफा घटेको जानकारी दिएको हो ।

असोजसम्म बैंकले ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप परिचालन ५० अर्ब ३१ करोड रुपैयाँ थियो । गत आवको सोही अवधिको तुलनामा यो वर्ष बैंकको निक्षेप परिचालन ४ अर्ब रुपैयाँ बढेको जानकारी दिएको छ ।

चालु आवको असोजमा बैंकले ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४३ अर्ब ७३ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा चालु आवमा बैंकको कर्जा लगानी ७ अर्ब रुपैयाँ बढेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.९९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १.७३ प्रतिशत थियो । यस्तै बैंकको पुँजीगत लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । गत आवको सोही अवधिमा बैंकको पुँजीगत लागत ४ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.६२ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा छ । संचित वचत १ अर्ब ७४ करोड रुपैयाँ छ । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.