मंसिर ६ गते नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ८.५० प्रतिशत ब्याज दिने

  २०७४ कार्तिक ६ गते १५:२८     विकासन्युज

काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र खरिद गर्न पाउने सीमा घटिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबर पाउने राष्ट्र बैंकले जनाकारी दिएको छ ।

नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने व्यवस्था गरिएको छ ।

कात्तिक १२ गतेदेखि मंसिर १ गतेसम्म बिक्री खुला गरी मंसिर ६ गते बचतपत्र निष्कासन हुने छ । बचतपत्रको साँवा भुक्तानी ०७९ मंसिर ६ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
चालु आवमा सरकारले नागरिक बचतपत्र उपकरणबाट ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.