किन बिकेन अरुण फाइनान्सको ३ लाख ६ हजार कित्ता हकप्रद सेयर ?

  २०७४ कार्तिक ६ गते १२:३२     विकासन्युज

काठमाडौं । अरुण फाइनान्स लिमिटेडले ३ लाख ६ हजार २ सय ६० कित्ता हकप्रद सेयर लिलामीमा बिक्रि गर्न लागेको छ । अरुणले बिक्रि नभएको १ लाख ८० हजार ८ सय ८६ कित्ता साधारण तर्फको र एक लाख २५ हजार ३ सय ४७ कित्ता संस्थापक तर्फको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

कम्पनीले न्युनतम एक सय रुपैंयाँ राखेर कात्तिक १४ गतेदेखि २२ गतेभित्र आवेदन दिन भनेको छ । न्युनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम सिमा राखिएको छैन् । ग्लोबल आईएमई क्यापिटल मार्फत लिलामीको हकप्रद सेयर खरिद गर्न सकिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.