सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस पछि ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  २०७४ कार्तिक ५ गते १२:४२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ ।

उक्त सञ्चालक समितिको बैठकलाई इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको सञ्चालक समितिको बैठक गत कात्तिक १ गते बसेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.