लक्ष्मी बैंकले पौने ७५ करोडको बोनस सेयर दिने, पुँजी ८ अर्ब नाध्याे

  २०७४ कार्तिक ५ गते ११:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ७४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशन बोनस सेयर दिने निर्णय गरेको हो ।

कात्तिक १ गते बसेको बैंक सञ्चालन समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर जारी पनि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ  नाघ्ने भएकाे छ ।

असार मसान्तसम्ममा बैंककाे चुक्ता पुँजी ७ अर्ब ४७ कराेड रूपैयाँ छ । बाेनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.