बैंकिङ प्रणालीमा तरलता बढेर ६३ अर्ब पुग्यो

  २०७४ कार्तिक २ गते १८:१५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता बुधबार पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकिङ प्रणालीमा तरलता बढेपछि बुधार नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ उठाएको छ । एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता अधिकारीले बताइन् । विकास न्युजसंग कुरा गर्दे उनले दशैको पैसा बजारमा आएको र केही समयअघि राष्ट्र बैंकले एक महिने निक्षेप उपकरणमार्फत उठाएको मध्ये १२ अर्ब रुपैयाँ परिपक्व भई पैसा बजारमा गएपछि तरलता बढेको जानकारी दिइन् ।

४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ ।

केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको ब्याज दर पनि घटाउदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.